डिभिजन टूमा नेपालद्वारा क्यानडा ७ विकेटले पराजित
६ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले क्यानडालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै नेपालको डिभिजन टूमा रहने सम्भावना बलियो भएको छ भने डिभिजन वानमा उक्लने सम्भाबना कायम छ ।
क्यानडाले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
इसअघि टस जितेर पहिले व्याटिङ गरेको क्यानडाले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर ११४ रन बनायो ।
नेपाली बलरहरु चम्किएपछि क्यानडाका ब्याट्सम्यानहरु सुरुबाटै निकै दबावमा आए । क्यानडाले पहिलो ओभरको चौथो बलमा कुल १ रन जोड्दा नै पहिलो विकेट गुमाएको थियो । नेपालका सोमपाल कामीले कुमारको विकेट लिए ।
त्यसपछि करण केसी चम्किए । उनले लगातार चार विकेट लिएपछि क्यानडा ११.४ ओभरमा २२ रन जोड्दा ५ विकेट गुमाएको थियो । उसका मध्यक्रमका ब्याट्सम्यानले पारी उकास्ने प्रयास गरे पनि नेपाली बलरहरु हावी भए ।
नेपालका करणले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । प्रथम श्रेणीको क्रिकेटमा नेपाली बलरले गरेको यो उच्च प्रदर्शन हो ।
सामपालले १० ओभरमा २ मेडन राख्दै २८ रन दिएर २ विकेट लिए । १० ओभर नै बलिङ गरेका कप्तान पारस खड्काले २ मेडन राख्दै १७ रन खर्तिएर १ विकेट लिए ।
शक्ति गौतनले ५.२ ओभरमा ५ रन दिएर १ तथा सागर पुनले ४ ओभरमा ११ रन दिएर १ विकेट लिए । बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै २४ रन दिए ।
Post a Comment