नेपाली युवाले विकास गरे खता खोल्दा डलर पाउने वेबसाइट
25 Feb 2015 | 18:29pm
बुधबार १३ फागुन, २०७१
नेपाली युवाले विकास गरे खता खोल्दा डलर पाउने वेबसाइट
काठमाडौं-नेपाली युवाहरुले खाता खोल्दा नगर पुरस्कार पाउने विशेषता सहितको वेबसाइट बनाएका छन्। प्रयोगकर्तालाई खाता खोल्दा, साथी बनाउदा रिवार्ड (नगद पुरस्कार) दिने विशेषता सहितको सगुन डटकम बुधबार सार्बजनिक भएको हो। वेवसाइटमै सोसल स्मार्ट कार्ड र ब्यक्तिगत तथा ब्यवसायिक पेज भएको साइट अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सगुन इंकले सार्वजानिक गरेको हो।
सिस्टम इन्जिनियरको रुपमा काम गरेका गोविन्द गिरीले स्थापना गरेको कम्पनी सगुन इंकले यस्तो एप्लिकेशन निर्माण गरेको हो। पेन्टागनमा रहँदा गिरीले सगुनलाई गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए।
सगुनलाई सामाजिक सञ्जाल जस्तै 'सगुन' एप्लिकेशनको विकास गरेर सार्बजनिक गरिएको हो। यसमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेषता छ। त्यसअतिरिक्त यसमा खाता खोल्दा, साथी बनाउदा, सेक्रेट म्यासेज पठाउदालगायतका साइटमा इन्गेज भएर विभिन्न गतिविधि गर्दा प्रयोगकर्तालाई रिवार्ड प्राप्त हुने विशेषता भएको सगुनले इंकले बताएको छ। विशेष प्रकारले डिजाइन गरिएको यो कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न र अनलाइनमार्फत उपहार प्रदान गर्न सहज बनाउछ। प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ।
अहिलेसम्म सगुनमा १ लाख १६ हजार रजिष्ट्रर्ड प्रयोगकर्ता भएको संस्थापक गोविन्द गिरीले बताए।
- See more at: http://www.nagariknews.com/economy/story/33744.html#sthash.wnQiLnFJ.dpuf
Post a Comment