Sponser

Sponser
 

Unknown Unknown Author
Title: १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ
Author: Unknown
Rating 5 of 5 Des:
१ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती १...

१ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे उनलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले सेतोपाटीलाई जानकारी दिए । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बस्दै अाएका उनी हिजो मात्र घर अाएका हुन्। उनले हाउजिङ व्यवसायका लागि सर्वसाधारणसँग करोडाै‌ रकम लिएका लिए। बै‌कहरुबाट पनि ऋण लिएका थिए। कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन्। राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन । उनले कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए।
नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन् । ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए। ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए। त्यसपछि अदालतले उनलाइ २ वर्ष कैदकाे समेत सजायँ सुनाएको थियो।

About Author

Advertisement

Post a Comment

 
Top