Sponser

Sponser
 

Unknown Unknown Author
Title: जोडियो मेलम्ची पानीको सुरुङ..... Via nagariknews
Author: Unknown
Rating 5 of 5 Des:
काठमाडौं- आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यस...
काठमाडौं- आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यसले पूर्वघोषित मितिमै राजधानीको तिर्खा मेटिने आशा बलियो बनाएको छ।
आयोजनाअन्तर्गत सुन्दरीजल र सिन्धुबीचको ९.४ किलोमिटर सुरूङ जोडिएका हुन्। आयोजनाले यसलाई 'ब्रेक थु्र' भएको घोषणा गरेको छ।
अब कुल २७ किलोमिटरमध्ये साढे पाँच किलोमिटर सुरुङ निर्माण हुन बाँकी रहेको नेपालको पहिलो सुरुङमार्गसहितको मेलम्ची टनेलको काम सकिएपछि मेलम्चीको पानी उपत्यकावासीका घरघर पुर्‍याउन सहज हुनेछ।

सिन्धुदेखि ग्याल्थुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्याल्थुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरूङ खन्ने बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले बताए। यता, एसियाली विकास बैकले दिएको जानकारीअनुसार पनि सिन्धुदेखि ग्याल्थोक र ग्याल्थोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य ›ुत गतिमा भइरहेको छ। बैंकका नेपाल आवासीय निर्देशक केनिची योकोहामाले यस अवसरमा बहुप्रतीक्षित आयोजनाको निर्माण सम्पन्न हुन गइरहेकोमा खुसी व्यक्त गरे।
मेलम्चीको पानी उपत्यकावासीमा घरघर पुर्‍याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम ›ुत गतिमा भइरहेको छ। दिनरात हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन भइराखेको पनि बैैंकले जनाएको छ।
सुरूङ खन्ने क्रममा सोचेअनुसार काम भयो भने बाँकी सुरुङ बढीमा ७ महिनामा सकिने दवाडीले बताए। आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन बैंक तथा सरकार केन्द्रित रहेको आयोजनाको भनाइ छ।
यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहेका छन्।  यस क्रममा उनीहरुले मगंलबार राति मीनभवन, बत्तिसपुतली, सिनामंगल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गरेका थिए।
रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि ›ुत रुपमा भइराखेको भन्दै उपाध्यायले यही गतिमा काम जारी रहे २०७४ भदौभित्र सम्पन्न हुने पनि जनाए।
राष्ट्रिय गौरवको पहिलो प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजना काम नसकिँदा पटकपटक लम्बिँदै आएको अवस्थामा अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी रहेकाले आफू उत्साहित भएको योकोहामाले बताए।

About Author

Advertisement

Post a Comment

 
Top