Sponser

Sponser
 

Unknown Unknown Author
Title: सात दिनभित्रै स्पष्टिकरण दिन्छुः प्राधिकरण सिइओ. Via setopati
Author: Unknown
Rating 5 of 5 Des:
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले दिएको समयसीमा भित्रै आफूले स्पष्टिकरण बुझाउने बताएको छन...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले दिएको समयसीमा भित्रै आफूले स्पष्टिकरण बुझाउने बताएको छन्।
बिहिबारको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा सात दिन भित्र स्पष्टिकरण दिन पत्र पठाएपछि ज्ञवाली प्रेस नोट जारी गर्दै समयसीमा भित्रै आफूले स्पष्टिकरण दिने बताएका हुन्। उनले स्पष्टिकरणले प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्ने अपेक्षा गरेको बताएका छन्।

सरकारले उनलाई पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँग समन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका विषयमा सोध्दै बिहिबार स्पष्टिकरण  दिन पत्र पठाएको  थियो।

About Author

Advertisement

Post a Comment

 
Top